अर्घाखाँची । मालारानीमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिका अधयक्षमा दबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल गठबन्धनलाई फराकिलो मततान्तरले पराजित गर्दै विजयी भएका छन् ।
भट्टराईले ८ हजार २ सय ८३ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार पदम क्षेत्रीले ६ हजार ७ सय २६ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा पोखरेल ८ हजार १ सय ५५ मतले विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले ६ हजार ६ सय ५७ मत ल्याएर पराजित भइन् ।
त्यस्तै, एमाले मालारानीका नौ वडामध्ये सात वडामा विजयी हुँदा दुई वडामा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र निर्वाचित भएको छ ।
मालारानीका ९ वडामध्ये वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुवैमा एमाले
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका हुन् ।
कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी हुनुभएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२ मत प्राप्त गर्नुभएको जनाइएको छ ।
यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार ७३३ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार ७०६ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा तेस्रो मत प्राप्त गर्नुभएका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बन्नुभएको थियो ।
दिप्रुङ चुइचुम्मामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा लडेको थियो ।
सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चार वडामा एमाले र तीन वडामा कांग्रेस विजयी भएको छ वडा नं १ याम्खामा कांग्रेसका केशवकुमार खत्री,
वडा नं २ डाँडागाउँमा कांग्रेसकै बद्री कटवाल, वडा नं ३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा नं ४ बतासेमा एमालेका बबेन्द्र राई,
वडा न ५ सछितापोखरीमा कांग्रेसका डम्बरहादुर खड्का, ६ छितापोखरीमा एमालेका मिलन राई र वडा ७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।