पाल्पाकाे तानसेन नगरपालिकामा गठबन्धन विजयी, ढल्याे एमालेकाे लाल किल्ला

पाल्पा । तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् ।

उनले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याए ।

यस्तै यहाँ उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादीकी प्रतिक्षा सिंजाली विजयी भएकी छन् । उनले ११ हजार १ सय ५१ मत ल्याइन् भने निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत ल्याईन् ।

उपप्रमुखमा निर्वाचित सिंजालीले गठबन्धनकोतर्फबाट रुख चिन्हबाट चुनाव लडेकी हुन् । तानसेनमा १४ वटा वडा मध्ये गठबन्धनले १० र नेकपा एमालेले ४ वटा वडामा विजयी हासिल गरेको छ ।

पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन्। थापाले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गरिन् ।

रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस र ३, ८ र १० मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले पाँच हजार ७६१ मत प्राप्त गरे ।

आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए । यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा,

बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ २०७४ को निर्वाचनमा कांग्रेस छ वडामा विजयी भएकोे थियो भने माओवादी र एमाले एक÷एक वडामा विजयी भएका थिए ।

 

Leave a Reply

Your email address will not be published.