सरकारले बढायो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४ गतेदेखि लागु हुनेछ ।

विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।

यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईका बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ ।

सूची हेर्नोस्–

प्रि बजेटमाथिको छलफल जेठ ५ गते

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल यही जेठ ५ गतेका लागि निर्धारण गरिएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

उनले सो प्रस्ताव पेस गर्दै विनियोजन विधेयक, २०७९ मा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, सन्तुलित र समावेशी आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र निर्माण, विनियोजन कुशलता र मितव्ययितालगायत सिद्धान्त र प्राथमिता रहेको उल्लेख गरे ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्तावमाथि छलफल गर्न जेठ ५ गतेको समय निर्धारण गरेका हुन्। राष्ट्रियसभाको अर्काै बैठक यही जेठ ५ गते दिउँसो १ बजे बस्ने छ ।

नौ महिनापछि हट्यो संसदको अवरोध

नेकपा एमालेले गत वर्ष भदौ २३ गतेदेखि जारी राखेको संसद् अवरोध फिर्ता लिएको छ । पार्टीका उपमहानसचिव प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताएका हुन् ।

बैठक सुरु भएलगत्तै प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको बताए ।

उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी दिए । उनले देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको बताए ।

उनले आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले उचित ढंगले फैसला गरेको बताए। उनले जनताको त्यही फैसलालाई शीरोधार्य गर्दै अवरोध फिर्ता लिएको उनले बताए।

Leave a Reply

Your email address will not be published.