३३९ स्थानीय तहको अन्तिम मत परिणाम : कांग्रेस पहिलो, दोस्रोमा एमाले, कुन दलले कति जिते ?

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ३३९ स्थानीय तहमध्ये १५३ वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

कांग्रेसले ११७ गाउँपालिका र ३६ वटा नगरपालिका प्रमुख जितेको छ । कांग्रेसलाई पच्छ्याएको नेकपा एमालेले ९५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

एमालेले ७७ वटा गाउँपालिका अध्यक्ष र १८ वटा नगरपालिका प्रमुख जितेको हो । यस्तै एकीकृत माओवादी केन्द्रले ७४ स्थानीय तहमा विजयी हासिल गरेको छ ।

माओवादी केन्द्रले ६६ वटा गाउँपालिका अध्यक्ष र ८ वटा नगरपालिका प्रमुख जितेको छ ।

जारी मत गणनामा जनता समाजवादी पार्टीले ४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ भने नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका प्रमुख जितेको छ ।

हालसम्मको मत परिणामअनुसार अन्यतर्फ ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका प्रमुखमा विजय भएका छन् ।

सरकारले फेरि बढायो गाडी भाडा

सरकारले सार्वजनिक यातायातकाे पुन: भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ४ जेठबाटै लागु हुने भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौंबाट इलाम पुग्न १९२५ रुपैयाँ लाग्ने छ । यसअघि १८६० रुपैयाँ थियो । काठमाडौंबाट सुदुरपश्चिमको सिलगढी पुग्न २३९३ रुपैयाँ लाग्ने छ । यसअघि २३१२ रुपैयाँ भाडा थियो । विभागका अनुसार छोटो दूरीको सवारी भाडा भने बढेको छैन ।

Leave a Reply

Your email address will not be published.