काठमाडाैं महानगरकाे उपमेयरमा सुनीतालाई मतकाे ओइरो (ताजा अपडेट)

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) उमेदवार सुनिता डंगोल १२ हजार १५७ मत सहित पहिलो नम्बरमा छिन् ।

३१ हजार २५३ मतगणना हुँदा डंगोललाई नेकपा (एकीकृत समाजवादी) उमेदवार रामेश्वर श्रेष्ठले आठ हजार ५४३ मतान्तरसहित पछ्याइरहेका छन् । श्रेष्ठले तीन हजार ६१४ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मकाे गणनाअनुसार स्वतन्त्र उमेदवार बालेन शाहले १२६३४ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ६८१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ६०२४ मत प्राप्त गरेकी छन् । यो बेलुका ८ बजेसम्मको रिपोर्ट भएको निर्वाचन आयोगले जनाएको छ ।

उता, चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । हालसम्म २१ हजार ८६० मतको गणना भइसकेको छ ।

अहिलेसम्मको मतगणनामा भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।

निर्वाचन कार्यालयका अनुसार रेनुले हालसम्म ७४७१ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ७०९८ मतसहित उनलाई पछ्याइरहेका छन् । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३६०३ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ९०३२ मतसहित अग्रता लिइरहेका छन् । एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङले ५८६९ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

भरतपुर महानगरपालिका- ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका युद्धप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २०७२ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी सुवेदीले १९५१ मत पाए ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं शंखरापुर नगरपालिकाको ३ वटा वडा सहित मेयरमा राप्रपाले जितेको हो । राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् ।

अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ । राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । उपमेयरमा भने गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published.