बालेनकाे छलाङ, गगन थापाकाे इलाकाकै ल्याए यतिधेरै मत (अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अहिलेसम्म सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार २६४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार १४६ मतले अगाडी छन् । स्थापित बालेनलाई ७ हजार ३१२ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ६३१२ मत पाएकी छिन् ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना हुँदैछ ।

उता, वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले मतान्तरलाई अझै फराकिलो बनाएका छन् ।

मंगलबार राति ८ बजेर २५ मिनेटसम्मको तथ्यांकअनुसार पाँच दलीय गठबन्धनका साझा उमेदवार सिंह नेकपा (एमाले)का विजय कुमार सरावगीभन्दा ५ हजार ४ सय ८२ मतले अगाडि छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, २९, ३०, ३१ र ३२ गरी ९ वटा वडाको १८ हजार ४ सय ९ मत गणना गर्दासम्म सिंहले ९ हजार ७ सय ६८ मत प्राप्त गरेका छन् ।

एमालेका सरावगीले ४ हजार २ सय ८६ मत पाएका छन् । ९ वटा वडाको गणना हुँदासम्म पनि सरावगी सिंहभन्दा धेरै पछि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गिरीश गिरीले ३ सय ४१ मत पाएका छन् ।

मेयरका लागि हालसम्म गणना भएको मतमध्ये ४ हजार ८ सय ८७ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । उनले ६ हजार ६ सय ६१ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का

पुरुषोत्तमलाल झाले १ हजार ८१ मत पाएका छन् । राप्रपाकी बिना जैसवाल कुर्मीले ५ सय ३९ मत ल्याएकी छिन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको मत ७ सय ४६ छ ।

 

Leave a Reply

Your email address will not be published.