धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको कमाल, ह्वात्तै बढ्याे अग्रता (मतसहित)

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५ हजार ६५९ मतको मतान्तरले अग्रता कायम राखेका छन् ।

सुरुदेखि नै अग्रता लिएका हमालले पछिल्लो विवरणअनुसार २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले भने ५ हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिकामा एमाले विजयी

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई तोड्दै बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको छ । मेयरमा एमालेका केन्द्रीय सदस्य खडकबहादुर खड्का १० हजार ९४७ मत ल्याएर विजयी भएका छन् ।

खड्काले माओवादी केन्द्रका भुवनकुमार थारुलाई एक हजार १८४ मतान्तरले पराजित गरेका हुन् । प्रतिस्पर्धी थारुले ९ हजार ७६३ मत पाएका छन् ।

त्यस्तै उपमेयर विजयी इन्दिरा चौधरीले नेपाली कांग्रेसकी सोमती थारु खड्कालाई २ हजार ५२३ मतान्तरले पराजित गरेकी हुन् । चौधरीले ११ हजार ३५ मत ल्याउँदा थारुले ८ हजार ५१२ मत ल्याइन् ।

स्वतन्त्र उठेका धिताल कांग्रेसलाई नै हराएर वडाध्यक्ष बने

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार आकाश धिताल निर्वाचित भएका छन् ।

०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य बनेका धिताल अहिले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिए प्रतिस्पर्धामा उत्रिएका थिए ।

वडाध्यक्ष निर्वाचित धितालले ५१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार राजेन्द्र खड्का ४७४ मत ल्याए ।

कांग्रेसले आधिकारिक टिकट दिएका नवराज भण्डारी ३२१ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाए ।

इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका छन् ।

उपमेयरमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् । २०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो ।

३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published.