पत्रकार महासंघ पाल्पालाई पल्स अक्सिमिटर हस्तान्तरण

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पालाई २५ थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ । पाल्पाली संगम अमेरिकाबाट प्राप्त उक्त अक्सिमिटर स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालाई हस्तान्तरण गर्नुभएकाे हाे ।

सो अवसरमा प्रमुख चौधरीले कोरोना महामारीको समयमा सही सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले सामाजिक स्तरमा चेतना बृद्धि गर्दै कोरोना संक्रमितहरुको आत्मबल बढाउने गरि सञ्चारमाध्यमहरुले सूचना सन्देश प्रकाशन प्रसारणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहयोगी ब्यक्तिहरुप्रति धन्यवाद ब्यक्त गर्र्दै पाल्पाली सञ्चार क्षेत्रले कोरोना महामारीको समयमा पनि स्थलगत रुपमा खटिएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएको बताउनुभयो । बिभिन्न स्थानीय तह, संस्था र ब्यक्तिहरुबाट उपलब्ध स्वास्थ्य सुरक्षा सामाग्री स्थलगत रुपमा खटिएर काम गर्ने पत्रकारहरुका लागि बितरण गर्दै आएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *