घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।

जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ ।

नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published.