धरान उपमहानगरपालिकाको १० मा एमालेको प्यानलै विजयी

धरान । धरान उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा एमालेका विवेक राईसहितको प्यानल निर्वाचित भएको छ ।

उनले कांग्रेसकी रुपा राईलाई पराजित गर्दै विवेकको प्यानल निर्वाचित भएको हो । निर्वाचित विवेकले ९२४ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी रुपाले ५६७ मत प्राप्त गरिन् ।

वडासदस्यमा कृष्णबहादुर राई, फुर्दिकी शेर्पा, अरुना सुन्दास र समसेर बर्देवा निर्वाचित भएका छन् । वडाअध्यक्षमा एमाले निर्वाचित हुँदा एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीले भने ४१७ मत प्राप्त गरेकी छिन्।

धरानमा स्वतन्त्र उमेदवारको अग्रता, कांग्रेसका राई ५० मतले पछि परे

सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार हर्कराज राईले अग्रता कायम गरेका छन् । मुख्य पार्टीका उमेदवारलाई पछि पार्दै उनी अघि बढेका हुन् ।

यसअघि अग्रता बनाएका नेपाली कांग्रेसका उमेदवार किशोर राई अहिले ५० मतले पछि परेका छन् । स्वतन्त्र उमेदवार हर्कले आठ हजार ८६ मत ल्याएका छन् । कांग्रेस उमेदवार किशोरको आठ हजार ९९६ मत पाएका छन् ।

नेकपा (एमाले)की उमेदवार मञ्जु भण्डारीले ६ हजार ६१० मत ल्याएर दुई प्रतिस्पर्धीलाई पछ्याउँदै छिन् । मतगणना जारी छ ।

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदहमा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

प्रमुख एमालेका ध्रुव खरेल र उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । विजयको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

एमाले उमेदवारले अग्रता लिएको भन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय देवदहले जनाएको छ ।

यहाँ प्रमुखका लागि नेपाली कांग्रेसका हिरा केसी, राप्रपाका माधवप्रसाद उपाध्याय रिमाललगायत उमेदवार प्रतिस्पर्धामा थिए ।

उपप्रमुखका लागि नेकपा (माओवादी केन्द्र)की उमेदवार सुन्दरी गिरी, राप्रपाकी निर्मला घर्ती क्षेत्रीलगायत उमेदवार प्रतिस्पर्धामा थिए ।

कैलालीको गोदावरी–६ मा एमालेको प्यानल नै विजयी

कैलालीको गोदावरी नगरपालिका–६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन्।

उनी १४२५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४ मत प्राप्त गरेका छन्।

डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी र उपमेयरमा माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा निर्वाचित भएका छन् ।

जोशीले ५९४१ मत ल्याए । यस्तै उपमेयरमा बोहोरा ५८८५ ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले ४५९३ मत लाइएकी छन् । मेयरमा निर्वाचित जोशी २८ वर्षका भए भने बोहोरा ३१ वर्षकी हुन् ।

Leave a Reply

Your email address will not be published.