रेनुको मतान्तर बढ्याे, एमाले जगन्नाथकाे शिराेभर (ताजा अपडेट)

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उमेदवार रेनु दाहालको नेकपा (एमाले)का उमेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बन्दै गएको छ ।

नेकपा (माओवादी केन्द्र)की दाहालले सुवेदीलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् । अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् । अहिले वडा नम्बर–७ को गणना भइरहेको छ ।

एमालेले वडा नम्ब ६ मा पनि साेचेअनुसारकाे मत पाएकाे छैन । गठबन्धनकाे बागी उम्मेदवारका रूपमा उठेका स्वतन्त्र उम्मेदवार पाैडेलले प्राप्त गर्ने मतले एमालेकाे मतमा सकारात्मक प्रभाव पर्ने छ । किन कि उनले पाउने मत  भनेकाे गठबन्धकाे कम हुने मत हाे ।

उता, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका भाई रविन्द्र लिङ्देन लोकप्रिय मतसहित हल्दिबारी गाउँपालिका अध्यक्षमा विजयी भएका छन्।

हल्दिबारी राप्रपा अध्यक्षको स्थायी बसोबास भएको पालिका पनि हो। रविन्द्र २०७४ को चुनावमा पनि गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

यसपालि उनी विगतभन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर विजयी भएका हुन्। रविन्द्रले नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार १ सय ९० मतले पराजित गरेका छन्।

गिरी यसअघि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार थिए। रविन्द्रले यसपालि ६ हजार ८ सय ५६ मत प्राप्त गर्दा गिरीले ४ हजार ६ सय ६६ मत प्राप्त गरेका हुन्।

अघिल्लो चुनावमा रविन्द्रले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका थिए। त्यतिबेला उनी ४ सय मतान्तरले विजयी भएका थिए।

५ वटा वडा रहेको हल्दिबारीमा उपाध्यक्ष पनि राप्रपाकी लक्ष्मीदेवी मैनालीले जितेकी छिन्। उनले एमालेकी शान्तादेवी गौतमलाई ९ सय ७२ मतान्तरले पराजित गरिन्।

मैनालीले कूल ५ हजार ७८ मत प्राप्त गरेकी थिइन। गौतमको पक्षमा ४ हजार १ सय ६ मत खसेको थियो। हल्दिबारी गाउँपालिकाको १ र ४ नम्बर वडामा राप्रपा प्यानलसहित विजयी भएको छ।

 

Leave a Reply

Your email address will not be published.