रुपन्देहीको देवदहमा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमालेकाे शानदार जीत !

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् । उनले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।

दोधारा चाँदनीको मेयरमा एमाले विजयी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई

९३३ मत अन्तरले पराजित गर्दै लिम्बू मेयरका निर्वाचित भएका हुन् । लिम्बूले सात हजार १०४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छन् । उनी छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरिन् ।

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ ।

झापाको बाह्रदशी गाउँपालिकामा गठबन्धनको पक्कड ताेड्दै एमाले विजयी

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा एमालेका देविन्द्रप्रसाद चम्लागाईं ७१४८ मतसहित निर्वाचित हुँदा निवर्तमान अध्यक्ष गठबन्धनबाट नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४३६१ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पनि एमालेकी शान्तादेवी शिवाकोटी ६६३६ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कमला राजवंशीले ४१९५ मत पाएकी छन् । अघिल्लो पटक अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published.