स्थापितकाे वडामा बालेनले कति पाए मत ? (अपडेट)

काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । ४ बजेर ४० मिनेटसम्मको मतगणनामा साहले १८ हजार १६ मत प्राप्त गरेका छन् ।

उनी निकटम प्रतिद्वन्द्वीभन्दा ८ हजार ६९७ मतले अगाडि छन् । उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत प्राप्त गरेका छन् । र, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छन् ।

हालसम्म वडा नम्बर १, २, ३ र ५ वडाको मतगणना सकिएको छ भने वडा नम्बर ४, ६, ७, २८, २९, ३१, ३१, ३२ नम्बरको वडाको मतगणना भइरहेको छ ।

अन्य सबै वडाको मतगणनामा अग्रता कायम गरेका बालेन साह एमाले उम्मेदवार स्थापितको वडामा भने झिनो मतान्तरले पछि परेका छन् ।

वडा नम्बर २८ मा साहले १०५ मत प्राप्त गर्दा स्थापितले ४ मत बढी अर्थात् १०९ मत प्राप्त गरेका छन् भने सोही वडामा सिंहले ७१ मत प्राप्त गरेकी छन् ।

बुढानिलकण्ठको मयेरमा मिठाराम अधिकारी विजयी

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका हुन् ।

प्रमुख अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदै नेपाली काँग्रेसका विनोद चालिसेलाई पराजित गरे । चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित लामाले १४ हजार ३ सय १४ मत ल्याउँदै प्रतिद्वन्द्वी कांग्रेसकी रमिला वाग्लेलाई पराजित गरिन् । उनले ११ हजार ९ सय ७२ मत प्राप्त गरेकी छन् ।

दोधारा चाँदनीको मेयरमा एमाले विजयी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले

पराजित गर्दै लिम्बू मेयरका निर्वाचित भएका हुन् । लिम्बूले सात हजार १०४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छन् । उनी छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरिन् ।

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published.