काठमाडौं महानगरमा पासा पल्टियाे: कोर एरियामा स्थापितको सानदार अग्रता

काठमाडौँ । काठमाडौं महानगरको कोर एरियामा पर्ने वडा नम्बर २७ को पहिलो मतपरिणामअनुसार नेकपा (एमाले) केशव स्थापितले सुरुवाती अग्रता प्राप्त गरेका छन् ।

कोर एरियाको पहिलो अपडेटअनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् जबकी स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

उता, पोखरा महानगरपालिकामा अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ । नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ ।

पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) एक हजार २१२ मतसहित चौथो स्थानमा छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मतपरिणाम आइसकेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको जानकारी दिएका हुन् । उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए ।

जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी

कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका उनले जानकारी दिए । बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने उनले जानकारी दिए ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए ।

प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने बताए ।

 

Leave a Reply

Your email address will not be published.