काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट १० जना मन्त्री बन्न लागेका छन्। जसपा अध्यक्ष ठाकुरले मन्त्रीहरूको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।
अध्यक्ष ठाकुरले मन्त्री बन्नेहरूको नाम शुक्रबार ओलीलाई बुझाएको जसपा केन्द्रीय कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्णले जानकारी दिए।
कर्णका अनुसार जसपाबाट ८ मन्त्री र २ जना राज्यमन्त्री बन्न लागेका हुन।
महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।
यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।
जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।