मोरङ । विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीको करिब जीत सुनिश्चित बनेको छ ।
कार्कीले निकै फराकिलो मतान्तर २१ हजार ३८३ सहित अग्रता कायम गरिरहेकी छन् । उपमेयरमा गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १२ हजार १ सय ४ मत मात्र पाएका छन् ।
बिराटनगर महानगरपालिकामा अव १४ हजार ३ सय ३७ मत मात्र गन्न बाँकी छ । कार्कीको अहिलेकै मतान्तर ९ हजार २ सय ७९ रहेको छ । त्यस्तै, मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा ६ हजार १४८ मतसहित अग्रस्थानमा छन् ।
अहिलेसम्ममा विराटनगरमा खसेको ८९ हजार ६७८ मतमध्ये ७५ हजार ३४१ मत गणना भएको छ । गणना भएको मतमध्ये
कांग्रेसका कोइरालालाई २४ हजार ५ सय ६३ र एमालेका सागर कुमार थापालाई १८ हजार ४ सय १५ मत खसेको छ । उपमेयरमा कार्कीको मतान्तर निकै फराकिलो भएकाले जीत सुनिश्चित जस्तै बनेको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम करिब अन्तिम चरणमा पुगेको छ । यसैबीच ७५३ स्थानीय तहमध्ये ६३८ तहका निर्वाचन परिणाम आइसकेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले भएको छ भने दोस्रोमा नेकपा एमाले, तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेका छन् ।
त्यसपछि क्रमशः जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचित भएका छन् ।
मतगणना सकिएका २८३ स्थानमा कांग्रेसले नेतृत्व जितेको छ । जुन ४४.३५ प्रतिशत हो । यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।
माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । जुन १७.३९ प्रतिशत हो । त्यस्तै, जसपाले २० वटा पालिकाको नेतृत्व जितेको छ भने एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकामा आफ्नो जीत सुरक्षित गरेको छ ।
प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।
लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । त्यस्तै, अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका आयोगले जनाएको छ ।