धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

जारी मतगणनामा सम्पाङले कांग्रेसका किशोर राई र मञ्जु भण्डारी सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् ।मतगणना जारी रहँदा साम्पाङको मत दोस्रो स्थानमा रहेका कांग्रेसका राईभन्दा ४ हजारभन्दा बढी पुगेको छ ।

गन्न बाँकी मतभन्दा साम्पाङको अग्रता बढी भएसँगै उनी विजयी भएका हुन् । यद्यपि, मतगणना नसकिएकाले औपचारिक घोषणा हुन भने बाँकी छ ।

यता, स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।

मत परिणामानुसार नेपाली कांग्रेसका उमेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार सुजनविलास बज्राचार्यले ९२४ मत पाए ।

काठमाडौं महानगरपालिका कुल ३२ वडामध्ये १४ वडाको मतगणना सकिँदा नेकपा एमाले र नेपाली कांग्रेसका उमेदवारले ७÷७ वडा जित्दै बराबर हैसियत बनाएका छन् ।

एमालेले वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ को वडाध्यक्ष पद जितेको छ । त्यस्तै, कांग्रेसले ६, ७, , २७, २, २९ र ३० वडामा जित हासिल गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ, २ मा राजेन्द्र कुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा एमालेका वीरेन्द्र प्रजापति, ३१ मा सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली विजयी भएका छन् ।

वडा नम्बर ६ मा कांग्रेसका भुवन लामा, ७ मा विमलकुमार, ८ मा नेपाली आशामान संगत, २७ मा योगेश कुमार खड्गी, २८ मा भाइराम खड्गी प्रकाश, २९ मा कुश ढकाल र ३० मा दल बहादुर कार्की निर्वाचित भएका छन् ।

काठमाडौं महानगरपालिको मेयरमा फराकिलो अन्तर बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाह वडा नम्बर १२ मा भने पछि परेका छन् ।

टेुक क्षेत्र रहेको यो वडामा १५१५ मतको गणना सकिँदा बालेन चौथोमा रहेका हुन् । यस वडामा हालसम्म कांग्रेसी उम्मेदवार सिर्जना सिंहले अग्रता लिइरहेकी छिन् । गठबन्धनबाट उठेकी उनले उनले ४५५ मत ल्याएकी छिन् ।

यस्तै, दोस्रो स्थानमा एमालेका केशव स्थापितले ३४३ मत ल्याएका छन् । वडा नम्बर १२ को तेस्रोमा स्थनमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी छन् । उनको चुनाव चिन्ह आँखीझ्यालमा २२१ मत आएको छ ।

लाैरो चुनाव चिन्ह भएका बालेनले २१८ मतमात्र ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *