भरतपुर महानगरकाे मेयरमा रेनु दाहाल भारी मतान्तरले मतले विजयी

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

झिनो मतमात्रै गणना बाँकी छ । जसमा रेनु दाहाल १२ हजार तीन सय बढी मतले अघि छन् । उनले ५१ हजार ६६६ मत प्राप्त गरेकी छन् भने एमालेका उमेदवार विजय सुवेदीले ३९३४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याएका छन् । राप्रपा उमेदवार हिमला गुरुङले भने ३० हजार ४७७ मत ल्याएकी छन् ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।

वीरगञ्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी

वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भइका थिए ।

यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् ।

राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए । विजय कांग्रेसमा जान चाहेपनि वास्था नभएपछि एमालेमा गएर मेयर लडेका हुन् ।

यस्तै उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९५६८ मतमात्रै पाएका छन् । राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत ल्याएका छन् ।

वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

यता, महानगरपालिकाको १ लाख ४७ हजार ३९४ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह(बालेन) ४८ हजार ५५२ मत प्राप्त गरी अग्र स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *