हवाई भाडा पनि बढ्यो, हेर्नुस् कहाँको कति पुग्यो ? (सूचीसहित)

काठमाडौँ । सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेरी इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक कम्पनीहरुले हवाई भाडा बढाएका हुन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ वृद्धि भएको । अब काठमाडौँ–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले अब प्रतिस्पर्धामा टिकट बेच्न सक्छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ । वृद्धि भएको हवाई भाडा वुधबारदेखि लागू हुनेछ ।

यस्तो छ बढेको हवाई भाडाः

त्रिभुवन विमानस्थलबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् ?

सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो ।

विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रुपमा पनि काठमाडौँ विमानस्थललाई लिइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७० वर्षभन्दा बढी लामो समयपछि मुलुकभित्र अर्को भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब निर्माण सम्पन्न भई शीघ्र सञ्चालनको तयारीमा छ । हाल देशभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । यी विमानस्थल विदेशी नागरिक प्रवेश गर्ने पहिलो ढोका हुन् ।

विमानस्थलको सेवासुविधा भौतिक पूर्वाधारको अवस्थाले नेपाल झल्काउने भएकाले विमानस्थलको सेवा सुदृढीकरण र आधुनिक पूर्वाधार एवं प्रविधिमैत्री बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय लागिपरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन देशमा कति एयरलाइन्सले उडान भर्छन् भन्ने आम चासोको विषय बन्न सक्छ । त्यसैले कोभिड–१९ महामारीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुनकुन एयरलाइन्सले

उडान सञ्चालन गरिरहेका छन् भनेर सङ्क्षिप्तमा सामग्री तयार गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोभिडपछि अन्तर्राष्ट्रियतर्फ ७० उडान भइरहेका छन् ।

आन्तरिकतर्फ कोभिडपूर्वकै अवस्था अर्थात् करिब शतप्रतिशत उडान भइरहेको छ । अन्तर्राष्ट्रियमा अहिले दैनिक सरदर दुईतर्फी ६० उडान हुँदै आएका छन् ।

यो सङ्ख्या मौसम सामान्य अवस्थामा भएका बेला उडान व्यवस्थापनमा सहज हुने तर अहिले मनसुन सिजन भएकाले विमानस्थलमा बढी उडान चाप हुने गरेको प्रवक्ता सिटौलाको भनाइ छ ।

विमानस्थलबाट थाई स्माइल एयरले छिट्टै उडान भर्दैछ । कोभिडपछि चिनियाँ जहाजले काठमाडौँ विमानस्थलमा नियमित ‘सेडुअल’ उडान गरेका छैनन् ।

अहिले चार्टर्ड उडान मात्रै भइरहेको छ । कूल ९२ लाख यात्रु क्षमताको टिआइएमा सबै एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरेकाले विमानस्थल साँघुरो हुने अधिकारी बताउँछन् ।

त्यसैले काठमाडौँ विमानस्थलको विकल्पका रुपमा भैरहवा विमानस्थललाई सञ्चालन गर्ने प्राधिकरणको नीति छ । पोखरा विमानस्थल पनि सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ ।

कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

उन्नाइस देशका २४ एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित ३४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका छन् । सबैभन्दा बढी चीनका चार, नेपाल र भारतका समान दुई एयरलाइन्सले उडान भर्दै आएका छन् ।

चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरिरहेका छन् भने भारतको एयर इण्डिया र इण्डिगो एयरले उडान भर्दै आएका छन् ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान भर्दै आएको छ । एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् ।

त्यस्तै जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् ।

त्यसैगरी विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेट, ड्रक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् । एक महिनाअघि व्यावसायिक सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट कुवेतको जजीरा एयरले उडान गरिरहेको छ ।

उक्त विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाइसेवा सम्झौता गरिसकेको छ ।

पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । टिआइएमा विभिन्न १० हेलिकप्टर कम्पनी छन् ।

Leave a Reply

Your email address will not be published.