रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’काे घाेषणा

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । मङ्गलबार एक कार्यक्रकाबीच उनले आफ्नो पार्टीको नाम घोषणा गरेका हुन् । उनलेकोे पार्टीको नामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने जानकारी गराएका छन् ।

उनले सम्बोधनका क्रममा भनेका छन, ‘स्वतन्त्ररूपमा उम्मेदवारी दिन चाहनेहरूलाई पार्टीमा स्वागत गर्छौ ।’ आफ्नो पार्टी आजैबाट क्रियाशील हुने उनको भनाइ छ ।देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले नयाँ पार्टी गठन गरेको उनले बताए ।

पार्टीको चिन्ह घण्टी राखिने भएको लामिछानेले बताए । अबको घन्टी जसरी भ्रष्ट्रचारको अन्त्य गर्न आफू लागि परेको पनि उनले उद्घोष गरेका छन् ।

लामिछानेले आफ्नो पार्टीले व्यापारीबाट चन्दा नलिने तर सर्वसाधारणबाट सहयोग लिने बताएका छन्। उनले आफ्नो पार्टीले कोही पनि आफन्त तथा नातागोताका व्यक्तिलाई सरकारी नियुक्ति नदिने बताएका छन्। त्यस्तै, विकास र सुशासनको मोडल देखाउनेलाई चुनावमा टिकट दिने बताए।

लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी रहने जानकारी दिए। आफ्नो पार्टीबाट कसैले जितेर काम नगरे फिर्ता बोलाउने व्यवस्था गर्ने‚ आगामी दिनमा भाषणभन्दा योजना लिएर अघि बढ्ने उनले बताए। उनले भने, “अब भाषण गर्नेलाई होइन, जान्नेलाई छान्ने।”

लामिछानेले आफूलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भए पनि अहिलेको अवस्था त्यो नभएको बताए  । उनले त्यो क्षेत्रबाट चुनाव लड्न नडराएको भन्दै तर सरकारमा रहेका व्यक्तिहरुले कस्तो चुनाव गराउँछन् भन्ने आफूहरुलाई जानकारी रहेको बताए ।

“म डराएको होइन । सरकारमा को छन् र उनीहरुले कस्तो चुनाव गराउँछन् भन्ने थाहा छ । तर हामीलाई हार्ने सुविधा छैन,” लामिछानेले भने । उनले आफूले अर्को कुनै पार्टीको एक सिट घटाइदिने भन्दै त्यसैगरी आउन युवालाई पनि आग्रह गरे ।

आजै निर्वाचन आयोगमा दललाई बैधानिकता पाउने गरी दर्ता गरिने छ ।

Leave a Reply

Your email address will not be published.