काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर कटौती गर्न सुझाव दिएका छन्।
शुक्रबार बिहान ट्वीट गर्दै नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन तथा आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य नघटेसम्म कर कटौती गर्न सुझाव दिएका हुन्।
उनले लेखेका छन्‚ “जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु.१०,
सडक मर्मत कर रु.४ र भन्सार र प्रज्ञापन शुल्क रु.२५.२३ को आधा रु.१२.६२ गरी जम्मा रु.२६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस्।”
साउन १ गतेदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए प्रत्येकपटक पाँच सय जरिवाना
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै महानगरले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो।
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ। कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले
कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ। कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ।
काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को
व्यवस्था अनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।