गुल्मी । छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५१ लाख ७ हजार ४ सय ७१ रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार आयोजित गाउँसभा तथा १२ औँ अधिवेशनमा पालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले आगामी आ.व. ०७९/०८० का लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
चालुतर्फ ३३ करोड ८४ लाख ६५ हजार ७ सय ९४ रुपैयाँ र पूँजीगतर्फ २१ करोड ६६ लाख ४१ हजार ६ सय ७७ रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा स्वास्थ्य, कषि, शिक्षा, सडक लगायत पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । जम्मा ६ जडा रहेको पालिकामा वडा तहको पूर्वाधार विकास, कृषिमा व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीका लागि जनसंख्या, भूगोलका आधारमा २ करोड ३० लाख वडा गतरुपमा पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।
पूरानै कर्मकाण्डी कार्यक्रमलाई बजेटमा निरन्तरता दिएको गाउँपालिकाले तत्काल एम्बुलेन्स खरिद गर्ने प्रयोजनका लागि ४५ लाख रुपैयाँ बजेट छुट्याईएको छ ।
उद्यमीका लागि ब्याज अनुदानका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने तरकारी संकलन केन्द्र र बजार व्यवस्थापन शिर्षकमा ४० लाख छुट्याइएको छ ।
त्यस्तै, कुषि बीमा अनुदानका लागि २० लाख, निः शूल्क विद्युत मिटर जडान गर्न १ लाख र ६ वटै वडामा विद्युत महशुल छुट गर्न १२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रशासकीय भवन डि.पि.आर तथा निर्माण ६० लाख, १५ शैयाको अस्पत्ताल श्रृङ्गा डिपिआर तथा भवन निर्माण शिर्षकमा २० लाख बजेट व्यवस्था गरिएको छ ।
पार्क र भ्युटावर निर्माणमा बजेट नास गरेको भन्दै स्थानीय सरकारको चर्को आलोभइरहेको बेला छत्रकोट गाउँपालिकाले भने जिपलाइन डीपीआर र निर्माणका लागि भने २५ लाख बजेट छुट्याएको छ ।
दीर्घरोगीहरुको उपचारलाई सहज बनाउन मुटु तथा मृगौला रोगिहरुको स्वास्थ्य उपचारको लागि चेक जाँच गर्न घुम्ति सिविर सञ्चालन गर्ने, स्वास्थसंस्थाहरुबाट संघीय सरकारले तोकेको औषधी बाहेक थप औषधी निःशुल्क वितरण गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।
गाउँपालिकाले गर्भवतीलाई अण्डा र सुत्केरीलाई भाले खुवाउन पनि छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरेको छ । त्यसका लागि गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत रु ५ लाख बजेट छुट्याइएको छ ।
साना साना घरेलु उद्योग कार्यक्रम संचालन गर्नका लागि आवश्यक तालिम सिप र सामाग्रि उपलब्ध गराउन तथा महिला शसक्तिकरणलाई अभिवृद्धि गर्ने कार्य गर्न र सो संग सम्बन्धीत कर्मचारीको तलबको लागि रु ३० लाख २० हजार बजेटको ब्यवस्था गरेको छ र
त्यस्तै, सुरक्षित आवास नभएका खरका छाना भएका परिवारलाई खरका छाना मुक्त गराई सुरक्षित आवास उपलब्ध गराउन रु. ४४ लाख बजेट बिनियोजन गरिएको छ ।
लगानी अभावमा स्व-रोजगारमूलक काम गर्न नसकेका युवाहरुलाई बैंकसंगको सहकार्यमा न्यूनतम व्याजदरमा ऋण उपलब्ध गराउन र उक्त ऋणमा ७५ प्रतिशत अनुदान दिने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।