नेपाली कांग्रेसबाट बीसी र श्रेष्ठ मन्त्रीमा सिफारिस

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशको मन्त्रिपरिषदमा दुई सांसदको नाम सिफारिस गरेको छ ।

काँग्रेस संसदीय दलको बैठकले शनिबार यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बीसीलाई सामाजिक विकासमन्त्री र श्रेष्ठलाई जलस्रोत तथा उmर्जा विकास मन्त्रीमा नियुक्तिको तयारी गरेका छन् । शाहीले आइतबार काँग्रेसका दुई मन्त्रीलाई सपथ खुवाउने तयारी गरेका छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई गत ३ वैशाखमा विश्वासको मत दिएको थियो । यसैबीच आफ्ना मन्त्रीहरुका लागि काँग्रेसले १३ बुँदे आचारसंहिता जारी गरेको छ ।

मन्त्रीहरुले दान, उपहार, पुरस्कार, चन्दा, निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणा स्वीकार नगर्न आचार संहिता निर्माण गरिएको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *