उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको वामदेव गौतमद्वारा विरोध

काठमाडाैं । नेकपा (एमाले)का नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको ‘नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने’ भन्ने अभिव्यक्तिको विरोध गरेका छन्।

उपप्रधानमन्त्रीको पदभार ग्रहणपछि शुक्रबार राति सञ्चारकर्मीसँग बोल्दै महतोले अहिले पनि ‘नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने मुक्त आन्दोलन सञ्चालन गरिरहेको’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसको गौतमले विरोध गर्दै स्वीकार्य नहुने बताएका छन्।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाइ राख्दै लेखेका छन्, “राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन। नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन।”

नेता गौतमले यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गरेका छन्। गौतमले भनेका छन्, “प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *