लोक सेवा परीक्षामा साेधियाे अभिनेत्री सुरक्षा पन्तबारे प्रश्न (प्रश्नपत्रसहित)

काठमाडाैं । नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा अभिनेत्री सुरक्षा पन्तबारे प्रश्न सोधिएको छ।

सोमबार बिहान सुरक्षाले आफ्नो विषयबारे लोकसेवा परीक्षामा प्रश्न बनेको भन्दै प्रश्नपत्रसहित सामाजिक सञ्जालमा खुसी ब्यक्ति गरेकी छन् । उनले लेखेकी छन्, ‘लोकसेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण ।’

नेपाली सेनाको लोक सेवा परीक्षामा ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन्?’ भनेर प्रश्न सोधिएको हो। विकल्पमा प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर थिए।

अभिनेत्री सुरक्षा पन्त केही समयअगाडि फ्रेन्च फिल्म ‘द एट माउन्टेन’ लाई प्रतिनिधित्व गर्दै ७६ औं कान्स फिल्म फेस्टिभलमा पुगेकी थिइन्। यसअघि अभिनेत्री प्रियंका कार्की पनि कान्समा पुगेकी थिइन् तर उनले रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइनन्।

सुरक्षाले कान्सको रेड कार्पेटमा हिँड्दा नेपालमा मात्र नभई विश्वका सञ्चारमाध्यममा पनि चर्चा भएको थियो। नेदरल्यान्ड्सको एक स्थानीय अनलाइन सञ्चारमाध्यमले ‘ब्युटी एन्ड फेसन’ विधामा समाचार प्रकाशित गर्दै कान्स फिल्म फेस्टिभलमा उपस्थित सेलिब्रेटीहरूले लगाएको पहिरनबारे चर्चा गरेको थियो।

कान्सको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलिब्रेटीको उक्त सूचीमा नेपाली अभिनेत्री सुरक्षा पन्त पनि परेकी थिइन्। उनले तेन्जिन छेतेन भुटियाले डिजाइन गरेको ड्रेस लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published.