‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो अर्काे नयाँ पार्टी, काे हाे अध्यक्ष ?

काठमाडाैं । निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ ।

बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले  जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो ।

सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार,

गिरीराज पौडेल, फूलमाया तामाङ, कल्पना न्यौपाने लगायत सदस्य रहेका छन् । आयोगमा हाल दल दर्ता संख्या १ सय १३ दल पुगेको छ ।

गैरआवासीय नेपालीलाई नागरिकता दिइने

सरकारले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।

शुक्रबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी विधेयक पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

“हामीले नागरिकता संशोधन विधेयक आजै संसद्बाट पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने गरी पास गराउने निर्णय गरेका छौँ,” पौडेलले भने ।

यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ । ६ सदस्यीय परिषद्मा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रवाधानलाई सच्याएर साबिकबमोजिम बनाएर अघि बढाउने सहमति भइसकेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *