नेपालको राहदानी भयाे झनै कमजोर, हेर्नुस कुन देशकाे राहदानी कति शक्तिसाली ?

काठमाडौँ। नेपालको राहदानी संसारकै कमजोर भएको पाइएको छ। ६ महिनाअघि उत्तर कोरियाभन्दा बलियो देखिएको नेपालको राहदानी अहिले झन् कमजोर बनेको हो।

बेलायती संस्था ‘पासपोर्ट इन्डेक्स’ले गरेको पछिल्लो अध्ययनअनुसार नेपालको राहदानी १०६ नम्बरमा रहेको छ। नेपालसँगै प्यालेस्टाइनको राहदानी पनि १०६ नम्बरमा रहँदै कमजोर सावित भएको अध्ययनले बताएको छ।

कमजोर मानिएको ८ देशमध्ये नेपाल उत्तर कोरियाभन्दा एक स्थान तल रहेको छ। नेपालभन्दा मुनि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्। यसअघि नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो देखिएको थियो।

यस्तै सबैभन्दा बलियो पासपोर्ट जापानको रहेको छ। प्रतिवेदनअनुसार जापानपछि दोस्रोमा सिंगापुर र दक्षिण कोरिया, तेस्रोमा जर्मनी र स्पेन, चौथोमा फिनल्यान्ड, इटाली र लक्जम्वर्ग, पाँचौंमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन रहेका छन्।

विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ ।

त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ ।

दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ । दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.