प्रधानमन्त्री देउवाद्वारा सांस्कृतिक संघका ३० जना सम्मानित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन–२०७९मा नेपाली कांग्रेस पहिलो दल हुनुमा नेपाल सांस्कृतिक संघको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत रहेको संघद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा उहाँले संघको अन्य भातृ संगठन र सुभेच्छुक संस्थाको भन्दा कम भूमिका नरहेको जिकिर गर्नुभयो ।

संघले स्थानीय तह निवार्चन सफल बनाउन र नेपाली कांग्रेसलाई ठूलो दल बनाउन भुमिका निर्वाह गरेको भन्दै आफ्ना ३ं० जना पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ । संघले पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उनीहरुलाई सम्मान पत्र प्रदान गरेको हो ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि संघको सक्रिय भूमिकाको अपेक्षा गरेको बताउँदै संघका जायज माग सम्बोधन गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी दिनमा नेपाल सांस्कृतिक संघलाई भ्रातृ संस्थाका रूपमा मान्यता प्रदान गरी विधानमा समावेश गर्नुपर्ने बताउनुभयो ।

थापाले पार्टी संगठनको सम्पूर्ण तह र निकायमा नेपाल सांस्कृतिक संघको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने समेत बताउनुभयो ।

सम्मान कार्यक्रम पश्चात संघका महामन्त्री राजेन्द्र केसीले कलाकार, भाषा साहित्य, संगीतकर्मी लगायत सांस्कृतिक संरचना पार्टीलाई जीवन्त राख्न अपरिहार्य रहेको कुरा पार्टी नेतृत्वले बुझेकोमा खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *