नेपाल समूहलाई बाक्लो दाल खान बाँस्कोटाको चेतावनी

काठमाडौं । एमालेका नेता गोकुल बाँस्कोटाले एमालेका अध्यक्ष केपी ओलीद्वारा गरिएको एकता प्रस्ताव अन्तिम भएकाले विचार गर्न माधव नेपाल समूहलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्षसमक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । यस विषयमा दुवै पक्षका नेताहरूबाट धारणा आइरहेका छन् ।

नेता बास्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आआफ्ना बाटा लाग्नुपर्ने आशय व्यक्त गरेका हुन् ।

‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ बिदा के गर्नु । आफ्नै हुन माया लाग्छ’, सोमबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काव्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बूढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास । पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाउ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *