सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज काराेबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आइतबारको तुलनामा चार सय रुपैयाँले घटेर कारोबार भइहरहेको छ ।

आइतबार तोलामा ९५ हजार आठ सयमा कारोबार भएको सुन आज घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार २२० मा कारोबार भइरहेको छ ।

प्रभु बैंकमा सेञ्चुरी गाभिने

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ ।

दुई बैंकले मर्जरमा जानेबारेको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने सम्पत्ति तथा दायित्वको बिस्तृत मूल्याङ्कन गरेपछि तय हुने प्रभु बैंकका एक सञ्चालकले बताए ।

सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन सेन्चुरीबैंकबाट रहनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रभु बैंकका सीईओ अशोक शेरचन नै रहनेछन् । सेन्चुरीका मनोज न्यौपाने डेपुटी सीईओ बन्नेछन् ।

स्रोतका अनुसार पुसभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य छ ।

सेञ्चुरीलाई प्राप्ति पछि प्रभु बैककाे पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। यस्तै चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ।

गत आर्थिक बर्षको अपरिस्कृत वित्तिय विवरण अनुसार प्रभु बैकले २ अर्ब ६० कराेड भन्दा बढी मुनाफा आर्जन गरेकाे छ। सेञ्चुरीकाे विवरण सार्वजनिक हुन बाँकि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *