सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् साउन १८ गते बुधबारकाे राशिफल !

आज बुधबार बिहान ५:४१ बजे पञ्चमी तिथी समाप्त भई षष्ठी तिथी प्रारम्भ भएको छ । आज साँझ ५ः४९ बजेसम्म सिद्ध योग रहनेछ। हस्त नक्षत्र पनि साँझ ६ः२४ बजेसम्म रहनेछ । केही राशिका लागि आजको दिन विशेष रहने छ ।

मेष  राशि : स्वास्थ्य सामान्य रहनेछ। कार्यालयमा वरिष्ठ अधिकारीहरू तपाईंसँग रिसाउन सक्छन्। पुरानो साथीसँग भेटघाट हुनसक्छ । सबैलाई विश्वास गर्न महँगो पर्न सक्छ। आज तपाईको शुभ रंग बैजनी छ।

वृष राशि : व्यवसायीहरुको लागि आजको दिन अनुकुल छ । समाजमा मान सम्मान बढ्नेछ । विदेश यात्राको सम्भावना छ । परिवारमा सुख शान्ति छाउनेछ। छिट्टै पैसा कमाउने प्रयासमा कुनै गलत निर्णय नगर्नुहोस्।

मिथुन  राशि : धन हानि हुन सक्छ। व्यापारमा लाभ हुनेछ । अविवाहितहरूले राम्रो समाचार पाउन सक्छन्। बोलीमा संयम राख्नुहोस । पैसा लगानी गर्नु अघि राम्ररी सोच्नुहोस्।

कर्कट राशि : अदालती मामिलामा सावधानीपूर्वक काम गर्नुहोस्। साथीभाइबाट उपहार प्राप्त हुनसक्छ । स्वास्थ्यको ख्याल गर्नु होला काम गर्ने व्यक्तिहरूले विवादमा नपर्नुहोला। यस दिन सूर्यदेवलाई जल अर्पण गर्नु शुभ मानिन्छ ।

सिंह राशि : दाम्पत्य जीवन शान्तिमय रहनेछ। आज धन प्राप्तिको सम्भावना छ । लगानीका लागि दिन अनुकूल छ। आफ्नो महत्त्वपूर्ण कामका कुराहरू सबैसँग साझा नगर्नुहोस्। परिवारसँग राम्रो समय बित्नेछ।

कन्या राशि : आज धार्मिक कार्यमा धन खर्च गर्न सकिनेछ । विवादबाट बच्न बोलीमा नियन्त्रण राख्नुहोस्। पारिवारिक वातावरण रमाइलो रहनेछ। प्रेम जीवनमा पर्नु अघि सोच्नुहोस्।

तुला राशि : आज व्याजको साथमा जम्मा धनमा वृद्धि हुनेछ । लुगा तथा गरगहनामा धन खर्च हुनसक्छ । तपाईको जिद्दी स्वभावका कारण समस्याको सामना गर्नु पर्नेछ। व्यापार बढ्नेछ। आजको शुभ रङ्ग हरियो हो।

वृश्चिक राशि : आज व्यापारमा लाभ हुनेछ । नयाँ काम पाउन सकिनेछ । मनोरञ्जनमा खर्च गर्न सकिनेछ । परिवारका सदस्यहरु संग यात्रा हुन सक्छ। कार्यस्थलमा सबै सामान्य रहनेछ।

धनु राशि : आज धनु राशीको लेखनसँग सम्बन्धित व्यक्तिहरुको बौद्धिक क्षमताको विकास हुनेछ। व्यापार सम्बन्धी कामको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। व्यक्तिगत सम्बन्धमा कटुता आउन सक्छ। मान-सम्मानमा वृद्धि हुनेछ ।

मकर राशि : आजको दिन काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । राम्रो स्वास्थ्यको लागि कुनै पनि मादक पदार्थबाट टाढा रहनुहोस्। व्यापारमा आकस्मिक लाभ हुनसक्छ । परिवारमा सुख शान्ति छाउनेछ। भाग्यशाली रंग आकाशे निलाे हो।

कुम्भ राशि : आज प्रेमी जीवनमा मधुरता बढ्नेछ। आफन्त वा साथीभाइसँग कतै जाने योजना बन्न सक्छ । आज तपाईको कुनै पनि गल्तीलाई परिवारका सदस्यहरूले बेवास्ता गर्नेछन्।

मीन राशि : घरमा केही समस्याका कारण तनाव बढ्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। जागिर खानेहरु अलि चिन्तित हुन सक्छन् । आज हरियो वस्त्र लगाउनु शुभ रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

Leave a Reply

Your email address will not be published.