एनआईसी एशिया बैंकमा आईफोन–१२ र ५० हजार जित्ने मौका

काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा अनलाईन एकाउन्ट ओपनिङ च्यालेञ्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरूमध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही रू. ५० हजार नगद जित्ने मौका रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.