सुनकाे भाउ ह्वात्तै बढ्याे, ताेलाकाे कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । गत दुई दिनमा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ वृद्धि भएको हो ।

साउन १८ गते बुधबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ । गत कारोबार दिन प्रतितोला ९५ हजार १०० रुपैयाँमा सुन कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । गत कारोबार दिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा करोबार भएकोमा आज प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको छ ।

राजस्व असुलीको प्रतिशत घट्दै

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल रु १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७÷७८ मा कार्यालयले कूल रु ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

Leave a Reply

Your email address will not be published.