मोहन वैद्य ‘किरण’ले पार्टी एकता गर्ने

काठमाडौं । मोहन वैद्य ‘किरण’को नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’को नेकपा बहुमतले पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो ।

आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय संयोजन समिति गठन पनि गरेको एक नेताले जानकारी दिए ।

संयुक्त रुपमा वक्तव्य जारी गर्दै वैद्य र बाँस्तोलाले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेतारकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

परराष्ट्र मन्त्रालय भन्छ : ‘एसपीपीको पत्र सार्वजनिक गर्न मिल्दैन’

परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) को पत्र सार्वजनिक गर्न नमिल्ने बताएको छ। शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीको पत्र सार्वजनिक गर्न नमिल्ने बताएकी हुन्।

एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो ।

तर, अहिलेसम्म अमेरिकालाई आधिकारिक रुपमा जानकारी भने दिइएको छैन। सरकारले सहभागी नहुने भनेर निर्णय गरेपनि अमेरिकालाई जानकारी नगराउनुको पछाडी केही रहस्य भएको भन्दै प्रतिपक्ष र सत्तापक्ष दलका नेताहरुले प्रश्न गर्नुका साथै पत्र सार्वजनिक माग पनि गरिरहेका छन्।

तर, सरकारले गरेको निर्णयको जानकारी गराउन अमेरिकालाई पत्र पठाउनेबारे परराष्ट्र मन्त्रालयल अझै छलफल चलिरहेको प्रवक्ता लम्साल बताउँछिन् । पत्र पठाउने बारे छलफ चलिरहेकाले ढिलाई भएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published.