लघुकथा: बुहारीको मेजमानि

प्रभादेवी पौडेल

भानुभक्तका दुई भाइ छोरा जेठोले त्यति पढ्न सकेन त्यसैले उनले छिट्टै आफ्नै हातमुखले बिहे गरिदिए । तर कान्छाले धेरै नै पढ्यो र आफैले रोजेकी केटी भगाएर ल्यायो। कान्छी बुहारी खान्दानीकी छोरी परेकिले माईत गएर आउॅदा कुरुन्त सामान लिएर आउॅदथी। टीका फुकाउॅदा पनि सासुलाई नौ गेडी र ससुरालाई एक तोलाको औठी लिएर आएकी थिई ।

भनुभक्ताका बुढा बुढी दुबैले बेला बेलामा कान्छीको गुणगान गाएर जेठीलाई होच्याउॅथे । तै पनि उसले माईतीमा सॅस्कार भन्ने चिज दाइजोमा लिएर आएकी थिई । लोग्ने सज्जन परेकोले ऊ खुशी थिई । जागिर खाने क्रममा कान्छाका बुढा बुढी बाहिर गए । उतै कमाए रमाए र घर बनाए। कहिले काॅही कान्छी पाहाड घर आउॅदा सासुले उसैलाई भान्छा सम्हाल्न लाउथिन्। दाल ,भात ,दुई थरी तरकारी, अचार, आलुको भुजिया परिकार त कति हो कति। यो देखेर सासुले भनिन्,
-” के गर्ने कान्छी यस्को त पकाउॅने ढंग नै छैन ,तिम्रो यो हातले पकाएको खानाले त जिब्रो नै निलिन्छ भन्या।”ऊ मख्ख परेर भन्थि, -“फलफूल कतिको खाने गर्नु भएको छ आमा?”

-“घरमा फल्न त मेवा, केरा र बेलाउती फलेको छ कति खानू हो यही मात्रै यसो स्याऊ अंगुर खाएर मुख फेर्न पाए पो।” सासुका कुरा सुनेर कान्छी बुहारीले भनि ,-” की हामीसंगै सहर जानु हुन्छ त हजुरहरु?”उनी खुशी हुँदै भानिन्,-” छोरा बुहारीले भनेपछि न जाम्लात ?”

उनीहरुले बा आमालाई सहर लगे। बिहान नास्ता देखि खाना खाजा ब्यन्जन नै कतिथरि। कान्छी बुहारीको ध्यान कसरी मीठो बनाउने भन्ने तिरै थियो।घरमा काम गर्ने मान्छे पनि थिए। उनीहरु पातला मान्छे मोटाएर चिन्न पनि नसकिने भए।

एक दिन अचानक भनुभक्त बेहोस भएर ढले । तुरुन्त हस्पिटल लगियो। तर दुर्भाग्य बस उच्च रक्तचाप कारण उनको दाहिने हर नचल्ने भयो। कान्छी बुहारीलाई पनि घुँडा दुख्ने बिमार देखियो।सासुलाई सुगर देखियो। बुहारीले उभिएर खाना पकाउन नसक्ने भई। उनीहरुले जेठालाई खबर गरे आखिर कान्छी बुहारीको मेजमानि पनि संगै लिएर गाउँ गए सासु ससुरा।

भरतपुर ९,चितवन

Leave a Reply

Your email address will not be published.