रिब्दिकाेटमा २५ र २६ गते भेराेसेल खाेप लगाइने, तीन खाेप केन्द्र ताेकियाे

तानसेन । कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन पाल्पाको रिब्दिकोट गाउँपालिकाले ३ ओटा केन्द्र तोकेको छ ।
मंगलबारबाट देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइँदै छ । त्यसका लागि रिब्दिकोटले ३ ठाउँमा खोप केन्द्र तोकेको हो ।

पाँच दिनसम्म चल्ने यो अभियानमा रिब्दिकोटले २५ र २६ जेठमा ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाउने भएको छ ।

गाउँपालिकाका अनुसार जेठ २५ गते ठिमुरे, फेक र पालुङ मैनादीका लागि कालिका मावि बतासेमा विहान १० बजेदेखि साँझ ४ वजेसम्म लगाइने छ । सोही दिन श्री शारदा मावि ख्याहामा देउराली र ख्याहाका नागरिकहरुले खोप लगाउन पाउने छन् । त्यस्तै २६ गते श्री प्राथमिक स्वास्थ्य केन्द्र खस्यौलीमा भैरवस्थान, कुसुमखोला र खस्यौका नागरिकहरुलाई खोप लगाइने गाउँपालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।

खोप केन्द्रमा जाँदा अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न र नागरिकता वा उमेर खुल्ने परिचयपत्र/वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर आउन पनि भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *