देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चरम राजनीतिक अवस्थामा जेलिएको बताएका छन् ।

शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सानो काम देखि ठुलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने बताएका हुन् ।

उनले पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर जाच गर्ने दिन आउन सक्ने बताए ।

सभापति लामिछाने जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए ।

उनले मकवानपुरमा सुरुङ मार्गको झूटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको पनि बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक शनिबार बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्ने भएकाे छ । बैठक शनिबार बिहान ९ बजे बस्ने केन्द्रीय सदस्य बल बहादुर केसीले जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न बैठक बस्न लागेको उनले बताए । यस्तै, बैठकमा गठबन्धन र टिकट वितरणका विषयमा पनि छलफल हुन सक्ने उनले बताए । ब‌ैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

 

Leave a Reply

Your email address will not be published.