बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो काराेबार दिन प्रतितोला रु ९७ हजार तीन सयमा किनबेच भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

‘टानलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गरेर नेपालको प्रवद्र्धन गरिनुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

टानको यही साउन ३० गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोला समूहको परिययात्मक कार्यक्रममा बोल्ने वक्ताले अहिलेको सन्दर्भमा पर्वतीय पर्यटन व्यवसायलाई अब्बल बनाएर लैजाने सक्षम नेतृत्व आवश्यक भएको बताए ।

टान अध्यक्षका प्रत्यासी बाँस्तोलाले अग्रजले देखाएको बाटोलाई आत्मसाथ गर्दै टानलाई अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्न आफू प्रतिबद्धताका साथ लाग्ने बताउनुभभयो ।

उहाँले भन्नुभयो, “टानलाई व्यवसायीको हितमा समयसापेक्ष अघि बढाउन हामी प्रतिबद्धताका साथ दुई वर्ष काम गर्न चाहन्छौँ, टानलाई इन्टरनेश्नल ब्राण्डिङ गर्न सम्पूर्ण समय खर्चने छौँ, त्यसैले निर्वाचनमा आफ्नो समूहलाई बिजयी बनाउन अनुरोध गर्दछु ।”

पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले टानको साखलाई उचो बनाउन सक्षम र अब्बल नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीले टानमा युवा ‘भिजनरी’ समूहलाई नेतृत्वमा लैजान व्यवसायीले सचेत भएर मतदान गर्नुपर्ने बताउनुभयो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयो । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले सरकार तथा निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवद्र्धनका कामलाई गति दिन व्यावसायिक नेतृत्व जरुरी भएको उल्लेख गर्नुभयो ।

टानका पूर्वअध्यक्ष दीपक महतले टानलाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो । टानका पूर्वअध्यक्ष रमेश धमलाले पर्वतीय पर्यटन व्यवसायभित्रका समस्यालाई निराकरण गर्दै व्यवसायमैत्री बताउन जरुरी छ भन्नुभयो । पर्यटन व्यवसायी कुमार थापाले व्यवसायीको भावनाअनुरुपको नेतृत्व विकासका लागि टानलाई सक्रिय बनाइनुपर्ने धारणा राख्नुभयो ।

यसैबीच अध्यक्षका प्रत्यासी कमल सापकोटा समूहले पनि उम्मेदवार परिचयात्मक कार्यक्रम गर्दै टानलाई सुदृढ र व्यवसायमैत्री बनाउन आफ्नो समूहलाई विजयी गराउन व्यवसायीमाझ अनुरोध गरेको छ । उ

हाँले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो । उहाँले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

यही साउन ३० गते हुने टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी दिनुभएको छ ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *