शिक्षकको नयाँ तलबमान साउन १ गतेबाटै लागू गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ ।

शिक्षकसँगै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवाका लागि नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारले कर्मचारीको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको बताए ।

सरकारले चालू आर्थिक वर्षको साउन १ गतेबाट लागू हुने गरी सरकारी सेवाका कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

सरकारी शिक्षक माध्यमिक तह (प्रथम श्रेणी)को तलब ५६ हजार ७ सय ८७ पुगेको छ । यसअघि ४९ हजार ३ सय ८० बुझ्दै आएका थिए । माध्यमिक तह कै (तृतीय श्रेणी)का शिक्षकले अब ४३ हजार ६ सय ९० रुपैयाँ तलब पाउने छन् ।

निमावि तहका शिक्षकको शुरु तलबमान ३४ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ भने प्रथम श्रेणीका शिक्षकले ४५ हजार ८ सय ६२ रुपैयाँ तलब पाउँछन् । त्यस्तै द्वितीय श्रेणीका शिक्षकको पारिश्रमिक ४३ हजार ६ सय ८९ तोकिएको छ । यो बाहेक ग्रेडअनुसार थप तलब पाउने व्यवस्था छ ।

सरकारी शिक्षक प्रावि तह अन्र्तगत शुरु तलबमान (तृतीय श्रेणी) ३२ हजार ९ सय २ रुपैयाँ छ भने द्वितीय श्रेणी ३४ हजार ७ सय ३० र प्रथम श्रेणीका शिक्षकको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ पुुगेको छ ।

Leave a Reply

Your email address will not be published.