काठमाडौं। काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट हिँडेको गाडी राजनीतिक दलका प्रतिनिधिहरूको अवरोधका कारण बीचैमा रोकिएको छ। काठमाडौंका फोहोर फ्याक्न दिने सम्बन्धमा आइतबार मात्र सहमति जुटेको थियो।
स्थानीय तीन दलका नेताहरू बसेर फोहोर फ्याक्न दिने घोषणा गरेका थिए। तर, साँझ धादिङ धुनिबेशी नगरपालिका–१ कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ती निकालेर बञ्चरेडाँडामा फोहोर फ्याक्न नदिने घोषणा गरे।
बिहान काठमाडौंबाट हिँडेको गाडीले अवरोधका कारण फोहोर फ्याक्न सकेनन्। आइतबार गएको २५ वडा ट्रकले भने फोहोर बिर्सजन गरेका थिए।
मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १० प्रतिशतको छुट
बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार ग्राहक महानुभावहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको छुट पाउनेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।