नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै आइतबार संसदमै फिर्ता पठाएकी थिइन् ।

प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस सरकारको धर्ना स्थगित

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले थालेको धर्ना कार्यक्रम स्थगित गरिएको छ । संघीय सरकारले आश्वासन दिएपछि मंगलबार तेस्रो दिन धर्ना स्थगित गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार तीन चरणमा कुरा भएको र आसन्न निर्वाचन सकिएलगत्तै माग पूरा गर्ने आश्वासन दिएको जानकारी दिए ।

“उहाँले चुनावपछि पहिलो प्राथमिकतामा राखेर प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने हामीलाई आश्वासन दिनुभएको छ,”

मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारका अन्य प्रतिनिधिहरुले पनि धर्नाको कार्यक्रम स्थगित गरिदिन अनुरोध गर्नुभयो । यसले अगामी चुनावमा असर पर्न सक्छ, त्यही भएर स्थगित गर्ने हामीले निर्णय गरेका छौँ ।”

प्रहरी समायोजनको माग गर्दै गएको आइतबारदेखि धनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको थियो । मुख्यमन्त्री राउतसहित मन्त्रीहरू, प्रदेशसभा सदस्यहरूलगायत व्यक्ति धर्नामा बसेका थिए ।

यसअघि, यही साउन २२ गते मधेस सरकारले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएर संघलाई सात दिनको ‘अल्टिमेटम’ दिइएको थियो ।

त्यसअघि, साउन ६ गते काठमाडौंमै पुगेर मुख्यमन्त्री राउतसहितले प्रधानमन्त्री देउवलाई आसन्न निर्वाचनअघि प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । मधेस सरकारले प्रहरी समायोजन, जिल्ला प्रशासन कार्यालय प्रदेश मातहतलगायत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.