माधव समूहसँग एकता असम्भवः सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहसँग एकताको असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

नेपालको मंगलवारको वक्तव्यले एकताको सम्भावना सकिएको भन्दै थापाले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन् ।

थापाले आफ्नो सुझाव पेश गर्दै माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन् ।

थापाले भनेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असम्भव कोशिस छोडौं।’

याे पनि समाचार 
टोपबहादुर रायमाझी भन्छन्– विघटन र बिसर्जनतिर लागेको माओवादी केन्द्रमा फर्किन्न

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार झूठो भएको बताएका छन् ।

उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदलोलुपताका कारण पार्टी विघटनको दिशामा अगाडि बढेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘कुर्सी मोह, अस्थिरता, परिवारवादी एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।’

उनले सुशासनसहितको स्थिरतामार्फत मुलुकमा दीगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *