कुन तहका कर्मचारीको तलब कति ? (सूचीसहित)

काठमाडौं । सरकारले यही साउन १ गतेदेखि कर्मचारीहरूका लागि नयाँ तलबमान र सुविधा लागु गरेको छ । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदाधिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूका लागि नयाँ तलबमान लागु गरिएको हो ।

उक्त तलबमानानुसार मुख्यसचिवको मासिक तलब ८२ हजार ३५९ रुपैयाँ पुगेको छ । यस्तै, अधिकृतको तलब ४८ हजार २४९, नासुको ३७ हजार ७४३ र खरिदारको तलब ३४ हजार ६ रुपैयाँ कायम गरिएको छ ।

नेपाली सेनातर्फ प्रधानसेनापतिको ९२ हजार ३५९ र सिपाहीको मासिक तलब ३३ हजार ३४ रुपैयाँ पुगेको छ ।

नेपाल प्रहरीतर्फ महानिरीक्षकको मासिक तलब ७६ हजार ८८८ र प्रहरी जवानको ३३ हजार ३४ रुपैयाँ कायम गरिएको छ । सशस्त्र प्रहरी बलको पनि नेपाल प्रहरीसरह तलबमान लागु गरिएको छ ।

०५७ साल साउन १ गतेभन्दा अगाडि नियुक्त भएका प्राविधिक कर्मचारीहरूको हकमा ०७९ साउन १ गतेदेखि वृद्धि भएको तलब समावेश गरी एक दिनको तलबबराबरको एक ग्रेडको दरले हुने प्राविधिक दुई ग्रेडबापतको रकम उपलब्ध गराइने जनाइएको छ ।

यस्तै, शिक्षकहरूमा प्राथमिक तहका शिक्षकलाई ३१ हजारदेखि माध्यमिक तहका शिक्षकलाई ६८ हजार १४५ रुपैयाँसम्म तलब तोकिएको छ ।

प्रदेश तथा स्थानीय तहका कर्मचारीलाई २६ हजार ३४८ देखि ७० हजार ५७० रुपैयाँसम्म मासिक तलब कायम गरिएको छ ।

तलबमानको सूची हेर्नोस्–

Leave a Reply

Your email address will not be published.