सुनकाे मूल्य बढ्याे

काठमाडाैं । गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।तर, यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.