पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् भदाै २ गते बिहीबारकाे राशिफल !

मेष: आज सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। सामाजिक कार्यमा सहयोग गर्ने । आर्थिक अवस्था राम्रो रहनेछ । जीवनसाथीसँग राम्रो समय बिताउने मौका मिल्नेछ।

वृषः अफिसमा हाकिमको कुरा ध्यान दिएर सुनेर मात्रै प्रतिक्रिया दिनुहोला । पति-पत्नीबीच मेलमिलाप रहनेछ। आज भाग्यले साथ दिनेछ। तपाईं कुनै पनि रोगको शिकार हुन सक्नुहुन्छ।

मिथुन: कुनै पनि नयाँ काम सुरु गर्नु अघि अभिभावकको सल्लाह लिनुहोस्। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। करियरमा आजको दिन शुभ रहनेछ । तपाईको व्यवहार र कामको प्रशंसा हुनेछ।

कर्कट राशिफल: आज तपाईले व्यापार वृद्धिको लागि ठूलो निर्णय लिन सक्नुहुन्छ। नोकरी गर्नेहरुले बाबुको सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा बुद्धिमानी निर्णय लिनुहोस्। कर्कट राशिका विद्यार्थीहरूले आफ्नो अध्ययनमा रमाइलो गर्नेछन्।

सिंह: पारिवारिक सम्बन्धमा मधुरता रहनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। बाहिरी खानेकुराबाट टाढै रहनुहोस्। ठूला कम्पनीबाट कामको प्रस्ताव आउन सक्छ । परिवारका साथ टाढाको यात्रामा जान सकिनेछ ।

कन्या: आमाबुवासँग भविष्यका योजनाहरूबारे छलफल हुनेछ। रोजगारी भएकाले कतै लामो यात्रामा जानुपर्ने हुनसक्छ । स्वास्थ्य राम्रो रहनेछ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्।

तुला: आज तपाईको व्यस्त दिनचर्याको बीचमा तपाईले परिवारको लागि समय निकाल्नुहुनेछ। आलस्य त्याग्नुपर्छ । सासुरवासीसँग विवाद हुनसक्छ । राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आज लाभ मिल्नेछ।

वृश्चिक : आजको दिनमा केही हुने छैन, भविष्यमा उपयोगी हुने साथीभाइसँग भेटघाट हुनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। अफिसका सहकर्मीहरूले तपाईंको पछाडि आलोचना गर्न सक्छन्। सामाजिक प्रतिष्ठा बढ्नेछ।

धनु: धनु राशिका व्यावसायीहरुका लागि आजको दिन अनुकूल छैन। काममा मन एकाग्र हुन सकेको छैन । परिवारमा शुभ समाचार प्राप्त हुनाले खुशी रहनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ।

मकर: मकर राशिका व्यावसायीहरुले आजको दिन राम्रो नाफा कमाउन सक्नेछन् । अफिसमा हाकिमको क्रोधको सिकार बन्नु पर्नेछ। जग्गामा लगानी गर्नको लागि दिन अनुकूल रहेको छ ।

कुम्भ: आज स्वास्थ्यमा अलिकति कमजोरी रहनेछ। जागिर खानेहरूले थप मेहनत गर्नुपर्नेछ, तब मात्र सफलता मिल्नेछ। अचानक धन प्राप्ति हुनसक्छ ।

मीन: आज धन बचत गर्नु उचित छ। पारिवारिक वातावरण सामान्य रहनेछ। सरकारी काममा बाधा पर्ने छैन । व्यवसायीहरुको लागि आजको दिन शुभ रहनेछ ।

Leave a Reply

Your email address will not be published.