हिमानी शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् ।

स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए ।

नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।

सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुईवटा बाटा छन् ।

पहिलो– सदनमै पुनर्विचार गर्ने ।

दोस्रो– संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने ।

राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन् ।

नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ ।

संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।

हेर्नुस् कार्यसूची

Leave a Reply

Your email address will not be published.