गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताउनुभएको छ ।

आजै गृहजिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताउनुभएको हो । उहाँले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभयो ।

तीन दिन झापामै रहने

अध्यक्ष ओली आज दिउँसो गृहजिल्ला झापा आउनुभएको हो । उहाँ तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहनुहुने बताइएको छ । तीन साताअघि पनि उहाँ चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किनुभएको थियो ।

उहाँको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सार्वजनिक बिदामा आयोग र अन्तर्गतका कार्यालय खुला रहने

प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म

आयोगको सचिवालय काठमाडौँ, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहने जानकारी गराएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्यहरू नियमितरूपमा सम्पादन गरी

मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न, गराउन बिदाको समयमा कार्यालय खुला रहने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.