शनिदेवकाे दर्शन गरी हेर्नुस् भदाै ४ गते शनिबारकाे राशिफल !

मेष : आजको दिन लाभको योग रहेको छ । कामको सिलसिलामा यात्रामा जानुपर्ने हुनसक्छ । परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। जोशले कुनै पनि काम नगर्नुहोस्।

वृष : आफुमा बिश्वास राख्नुहोस्। व्यापारीहरूले नाफा कमाउन सक्छन्। काम गर्ने व्यक्तिहरूले आफ्नो करियरमा सकारात्मक परिणामहरू देख्नेछन्। आफन्त तथा साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ ।

मिथुन : दैनिक काम बाहेक कुनै पनि काममा लाग्नु अघि सोच्नुहोस्। स्वास्थ्यप्रति लापरवाही नगर्नुहोस्। यदि तपाईं अविवाहित हुनुहुन्छ भने, विवाहको लागि सम्बन्ध आउन सक्छ।

कर्कट : कर्कट राशिका व्यक्तिहरुको आर्थिक अवस्था बलियो रहनेछ । खर्च पनि बढ्नेछ । आज भाग्य तपाईको साथमा छ। स्वास्थ्य र मन दुवै प्रसन्न रहनेछ। जीवनका समस्या समाधान गर्ने अवसर मिल्नेछ।

सिंह : आज छोटो अवधिको लगानीले लाभ दिन सक्छ। व्यापारीहरुका लागि दिन शुभ रहेको छ । जागिरमा कामको बोझ बढ्नेछ। प्रेम जीवनमा गलतफहमीले मनमुटाव निम्त्याउन सक्छ।

कन्या : आम्दानीको तुलनामा खर्च बढ्नेछ । आज तपाई दिनभर बेचैन महसुस गर्न सक्नुहुन्छ। व्यापार तथा जागिरका लागि दिन शुभ रहेको छ । तपाईका लागि आजको शुभ रंग हरियो हो।

तुला : आर्थिक सुरक्षा बढ्नेछ। स्वास्थ्य बिग्रन सक्छ। तुला राशिका विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा लाभ मिल्नेछ। मातापिताको आशीर्वाद मिल्नेछ। कार्यस्थलमा ठूलो परिवर्तन हुनसक्छ ।

वृश्चिक : आज मनोकामना पूरा हुनाले मनोबल बढ्नेछ । साथीभाइसँग कुराकानी हुनेछ । आर्थिक अवस्था राम्रो रहनेछ तर अचानक केही खर्च पनि आउन सक्छ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर हुनेछ ।

धनु : साथीभाइको सहयोग मिल्नेछ। ऋण तिर्नमा सफलता मिल्नेछ । स्वास्थ्य बिग्रन सक्छ। यस दिन तुलसीको पूजा गर्नाले शुभ फल मिल्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु हाेला ।

मकर : आज आफन्त वा मित्रको सहयोग गर्ने मौका मिल्नेछ। व्यापार व्यवसायमा केही समस्या आउन सक्छ । तपाई कुनै कुरामा तनावमा हुन सक्नुहुन्छ। आकस्मिक आर्थिक लाभको सम्भावना छ।

कुम्भ : आज व्यापारमा लाभ हुनुका साथै मान सम्मान पनि बढ्नेछ । बेरोजगार व्यक्तिहरूले राम्रो समाचार पाउन सक्छन्। यस दिन तुलसीमा दीप बाल्नुहोस्। सन्तानको सुख प्राप्त गर्न सकिनेछ ।

मीन : आजको दिन शुभ रहनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। कुनै पनि काम सम्बन्धी निर्णय गर्नु अघि सोच्नुहोस्। प्रेमीसँग कुनै कुरामा तनाव हुन सक्छ।

Leave a Reply

Your email address will not be published.