पाथिभरा मन्दिरकाे दर्शन गरी हेर्नुस् भदाै ५ गते आइतबारकाे राशिफल !

मेष: आर्थिक रुपमा समृद्धि मिल्नेछ । कार्यस्थलमा तपाईको पक्षमा परिवर्तन आउनेछ। आजको दिन व्यस्तता रहनेछ । सञ्चार कौशलको विकास गरिनेछ। ऋणबाट मुक्ति मिल्नेछ।

वृष: आज काममा पूर्ण सहयोग मिल्नेछ। कार्यालयका वरिष्ठ अधिकारीहरूलाई खुसी पार्न सकिनेछ। प्रेम जीवन सुखमय रहनेछ।

मिथुन: जीवनसाथीबाट केही लाभ मिल्नेछ। आज आनन्दको अनुभूति हुनेछ। पारिवारिक वातावरण शान्त रहनेछ। साथीभाइसँग यात्रामा जान सकिनेछ ।

कर्कट राशिः हतारमा कुनै निर्णय नगर्नुहोस्। आज खर्च धेरै हुन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। अप्ठ्यारो पर्दा धैर्य गर्नु होला ।

सिंह: शान्त मनका साथ सबै काम पूरा गर्ने प्रयास गर्नुहोस्। कुनै पुरानो कुरालाई लिएर मन खिन्न हुन सक्छ, तर त्यसलाई आफूमाथि हावी हुन नदिनुहोस्। आर्थिक निर्णयहरू बुद्धिमानीपूर्वक लिनुहोस्।

कन्या: परिवारप्रतिको जिम्मेवारी बढ्न सक्छ, जसले तनाव निम्त्याउन सक्छ। आफ्नो प्रेमी संग राम्रो समय बिताउनुहुनेछ। राजनैतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आज सफलता हात पार्नेछन्।

तुला: आज आर्थिक अवस्था राम्रो रहनेछ। व्यापारमा कडा परिश्रमले सबै काम सम्पन्न गर्न सफल हुनुहुनेछ। पारिवारिक सम्बन्धमा मधुरता रहनेछ। समाजमा मान सम्मान बढ्नेछ ।

वृश्चिक राशिफल : आजको दिन आफ्नो खर्चमा नियन्त्रण राख्नुहोला । वृष राशिका विद्यार्थीहरूले शिक्षकको सहयोग प्राप्त गर्नेछन्। तपाईको बोलीबाट केही मानिस प्रभावित हुनेछन्। आगामी दिनमा केही नयाँ जिम्मेवारी सुम्पिनेछ ।

धनु: आज तपाईको नम्र स्वभावको सबैले प्रशंसा गर्नेछन्। आज सावधानीपूर्वक लगानी गर्नुहोस्। व्यापार व्यवसायमा कर्मचारीको नकारात्मक मनोवृत्ति हुन सक्छ। जीवनसाथीबाट सरप्राइज पाउन सक्नुहुन्छ।

मकर: व्यवसायीले मेहनत गर्नुपर्नेछ। पारिवारिक जीवनमा केही उतारचढाव आउन सक्छ। अफिसमा आफ्नो हाकिमलाई खुसी पार्न तपाईंले थप मेहनत गर्नुपर्नेछ।

कुम्भ: सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। यस दिन तपाईको कुनै पनि मनोकामना पूरा हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। सृजनात्मक कार्य समाजमा आकर्षणको केन्द्र बन्नेछ ।

मीन: कुनै विवादमा पर्दा बोलीमा नियन्त्रण राख्नुहोस्। आफूलाई शान्त राख्नुहोस् र धैर्य राख्नुहोस्। खर्च बढ्न सक्छ। कर्मचारीले कार्यालयमा आफ्नो जिम्मेवारी पूरा गर्नेछन्।

Leave a Reply

Your email address will not be published.