लगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमा

काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ ।

लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ ।

बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र ११ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोलका लागि गाब्रिएल जेससले सहयोग गरे ।

वलियम सालिबाले ५४ मिनेटमा उत्कृष्ट गोल गरे । जेससले ७२ मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।

ला-लिगा: रियल मड्रिडको सानदार जित

लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेकाे छ।उसले सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको हाे।

खेलकाे १४ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गाेल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए। २३ औ‍ँ मिनेटमा लागो आसपासले पेनाल्टीमार्फत् गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए।

यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले ४१ औँ मिनेटमा डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे।यसपछि भिनिसिअस जुनिअरले ५६ औँ मिनेटमा तेस्राे र फेडेरिको भाल्भार्डेले ६६ औँ मिनेटमा चौथो गोल गरे।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो। तर इडेन हजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके। यस जितसँगै रियल २ खेलमा ६ अंक जाेडी ला लिगाको शीर्ष स्थानमा छ‍ भने पराजित सेल्टा भिगाे १४ ‍औँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published.